सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एसियन गेम्सको १३ औं दिन : अधिकांस खेलमा पराजय

बिहिबार, भदौ १४, २०७५खेलपाटी संवाददाता
एसियन गेम्सको १३ औं दिन : अधिकांस खेलमा पराजय
Classic Tech Internet Ad

काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत १३  औं दिन बिहिबार नेपालको प्रदर्शन सम्झन लायक रहेन । बुधबार पहिलो पदकको रुपमा एक रजत जितेको नेपालले बिहिबार उक्त प्रदर्शन दोहोर्याउन सकेनन् ।

आधा दर्जन खेलमा प्रतिस्पर्धा गरेको नेपालले बिहिबार अधिकांस खेलमा पराजय बेहोर्यो । नेपालको एथलेटिक्समा चुनौती सकियो । आशा गरेको जुडोका अधिकांस खेलाडी पराजित भए । टेबल टेनिसमा मिश्रित नतिजा हात पार्यो ।

नेपालले एसियन गेम्सको १३ औं दिन पदक जित्न नसके पनि नेपालले पदक तालिकामा आफ्नो स्थान कायम राख्यो । नेपालको लागि जारी एसियन गेम्समा प्याराग्लाइडिङको क्रस कन्ट्रीको पुरुष टोलीले रजत दिलाएका थिए । उक्त एक पदकले नेपाल तालिकाको ३३ औं स्थानमा रहन सफल भएको छ । नेपालभन्दा तल अन्य चार राष्ट्र रहेका छन् ।

यता, चीनले आफ्नो शीर्ष स्थान यथावत राखेको छ । चीनले ११२ स्वर्णसहित कुल २४१ पदक जितेको छ । दोस्रो स्थान रहेको जापान ५९ स्वर्णसहित कुल १७४ पदक जितेको छ । ३९ स्वर्णसहित कुल १४९ पदक जितेको दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।

नेपालको १३ औं दिन कस्तो रह्यो ?

जुडो :

जुडोमा बिहीबार पनि नेपाली खेलाडी भएका छन् । जेसीसी प्लेनरी हलमा भएको महिलाको ५७ केजीमुनि भियतनामकी नुयेनले नेपालकी मनिता श्रेष्ठ प्रधान तथा ६३ केजीमुनि आयोजक इन्डोनसियाकी युली अदे्रल्ला फ्राडिभ्ताले नेपालकी फुपुल्हामु खत्रीलाई पराजित गरे । पुरुष ७३ केजीमुनि साउदी अरबका फहाद सुलैमान हमादले नेपालका सन्जित डंगोललाई हराए ।

शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठ तथा महिला ७८ केजीमुनि पुनम श्रेष्ठले खेल्नेछन् ।

टेबलटेनिस :

जेआईई एक्सपो हल बीमा भइरहेको टेबलटेनिसको महिला सिंगल्समा नेपालकी नविता श्रेष्ठले मिश्रित प्रदर्शन गरेकी छन् । पहिलो चरणमा नविताले मकाउकी फेइ सुट तमलाई ११–८, ८–११, ३–११, ११–८, ७–११, ११–६ र ११–७ को सेटमा पराजित गरिन् । अर्कोमा नविताले हङकङकी केम होइ डुलाई ११–५, ११–१, ११–६ र ११–७ ले नतिजा सुम्पिइन् ।

महिला सिंगल्समै मंगोलियाकी दोलीजिन्जु बत्बयरले नेपालकी स्वेच्छा नेम्वाङलाई ११–९, १३–११, ११–६ र ११–६ को सोझो सेटमा हराइन् ।

पुरुष सिंगल्समा मंगोलियाका इर्डेनबयर चिन्बाटले नेपालका अमरलाल मल्ललाई ११–८, ९–११, ६–११, ११–८, ८–११, ११–२ र ११–५ तथा मकाउका छेन चि छियोङले नेपालका श्यान्टु श्रेष्ठलाई १२–१०, ११–८, ११–९, ७–११, ५–११ र ११–८ को सेटमा पन्छाए । बिहीबारको खेलसंगै टेबलटेनिसमा नेपालको चुनौती समाप्त भएको छ ।

सेपाकताक्रो :

सेपाकताक्रोको पुरुष क्वाड स्पर्धामा नेपालले पाकिस्तानलाई २–० को सोझो सेटमा पराजित गरेको छ । नेपाल २१–१६ र २१–८ ले विजयी भयो । इरानसंग भने नेपाल २–० ले पछि पर्यो । नेपालबाट गोविन्द मगर, रविन भट्टराई, रुपेश सुनार र सन्जित धिमालले प्रतिस्पर्धा गरेका थिए ।

भलिबल :

पुरुष भलिबलमा नेपाल श्रीलंकासंग ३–१ ले पराजित भएको छ । १३ औं देखि १६ औं वरियाता निर्धारण गर्न भएको खेलमा श्रीलंकाले नेपाललाई २३–२५, २५–१६, २६–२४ र २५–२१ को सोझो सेटमा हरायो । अब नेपालले १४÷१५ स्थानका लागि भियतनाम र किर्गिस्तानबीचको विजेतासंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

एथलेटिक्स :

नेपालकी सरस्वती चौधरीले महिला १ हजार ५ सय मिटर दौडमा १४ औं स्थान हासिल गरेकी छन् । सरस्वतीले निर्धारित दूरी ४ मिनेट ३४.२६ सेकेन्डमा पूरा गरिन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा जाँदै

संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार