एजेन्सी । म्यान्चेष्टर युनाईटेडले मिडफिल्डर पाउल पोग्बालाई नबेच्ने पक्का भएको छ ।
फ्रान्सेली मिडफिल्डरका एजेन्टले पोग्बा युनाईटेडमै रहने पक्का गर्दै सम्झौता नविकरणको बिषय चाँडै सुरु हुने बताएका हुन् ।
२७ बर्षिया मिडफिल्डरलाई युनाईटेडले सन् २०१६ मा ८९ मिलियन पाउण्डमा युभेन्ट्सबाट किनेको थियो । उनी पछिल्लो सिजन चोटका कारण धेरै समय मैदान बाहिर रहे ।
तर चोटबाट मैदान फर्किएपछि उनले प्रभावशाली प्रर्दशन गरेका थिए ।
पोग्बाले राम्रो प्रर्दशन गर्दा युनाईटेडले तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको थियो ।
उनका एजेन्ट मिनो रोइलाले भने, 'युनाईटेडले यस समर ट्रान्सफरमा कुनैपनि प्रस्ताव स्विकार गर्ने छैन ।'
'हामी नयाँ सम्झौताको बिषयमा चाँडै कुरा गर्न गईरहेका छौ ।' उनल भने ।
पोग्बाको युनाईटेडसंगको सम्झौता अर्को सिजनको अन्तिमसम्म रहेको छ । कोरोनाका कारण अबरुद्ध सिजन पुन सुरु भएपछि उनले सबै प्रतियोगितामा मात्र ८ खेलमा प्रतिनिधित्व गरेका थिए ।
चोटबाट मुक्त भएपछि पोग्बाले १४ खेलमा युनाईटेडको प्रतिनिधित्व गरेका छन् । उनले युनाईटेडलाई एफ ए कपको सेमिफाईनल पुर्याएन र क्लबलाई अर्को सिजन च्याम्पियन्स लिगमा छनोट गराउन योगदान गरेका थिए ।