एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बार्सिलोनाले मिडफिल्डर मिरालिमलाई कोरोनाको संक्रमण देखिएको पुस्टि गरेको छ ।
३० वर्षीय मिडफिल्डरलाई शनिबार कोरोना पुस्टि भएको बार्सिलोनाले जनाएको छ ।
'स्वास्थ्यमा असहज भएपछि गरिएको पीसीआरमा मिरालिम पियानेचको पोजेटिभ आएको छ,' बार्सिलोनाले भनेको छ, 'खेलाडीको स्वास्थ्य ठिक र घरमै आइसोलेसनमा बसेका छन् ।'
यस सिजनको अन्त्यसँगै बार्सिलोनाले युभेन्ट्सबाट उनलाई अनुबन्ध गरेको थियो ।
बोस्निया एण्ड हर्जगोभिनाका मिडफिल्डलाई बार्सिलोनाले घरेलु मैदानमा सार्वजनिक समेत गरेको छैन ।
अब आगामी सेप्टेम्बर ७ भन्दा अगाडी उनी बार्सिलोनाको अभ्यासमा सामेल हुने छैनन् ।
सन् २०१६ मा रोमाबाट युभेन्ट्स आएका उनले टुरिनमा ४ सिरी 'ए' र २ कोपा इटालिया जितेका थिए ।