एजेन्सी । विश्व फुटबलमा म्यानचेस्टर सिटी सबै भन्दा मुल्यवान टिम देखिएको छ ।
प्रिमियर लिग क्लब सिटीको मुल्य झन्डै एक बिलियन पाउण्ड पुगेकाे छ ।
पेप ग्वार्डीओलाको टिमले सन् २०१९–२० को प्रिमियर लिगको उपाधि जोगाउन सकेन । लिभरपुल भन्दा १८ अंकले पछि रहदै सिटीले लिगको अन्त्य गरेको थियो ।
च्याम्पियन्स लिगमा समेत फ्रेन्च क्लब लियोनसंग ३–१ ले पराजित हुँदै क्वार्टरफाईनलबाटै बाहिरिएको थियो ।
सिटीको असफलता अझैपनि छानबिनको बिषय रहेपनि क्लब युरोपको सबैभन्दा महङ्गो टिम हो ।
ट्रान्सफर मार्केट भ्यालु अनुसार सिटीको मुल्य ९ सय ५८ मिलियन पाउण्ड देखिएको छ । सिटी स्पेनिस महारथी क्लब बार्सिलोना तथा गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल भन्दा अघि देखिएको छ ।

विश्वका शीर्ष १० क्लब मध्य ५ क्लब प्रिमियर लिगमा खेल्ने रहेका छन् ।
सिटी र लिभरपुल बाहेक चेल्सी ७ सय २७ मिलियन पाउण्ड सहित छैटौं स्थानमा रहन सफल छ ।
यस्तै, म्यानचेस्टर युनाइटेड ६ सय ८५ मिलियन पाउण्ड सहित नवौं स्थानमा रहेको छ । अर्को क्लब टोटेनहम ६ सय ३७ मिलियन पाउण्ड सहित दशौं स्थानमा छ ।
सर्वाधिक मुल्यवान क्लबमा ईङ्लिस क्लबको बर्चस्व रहेपनि च्याम्पियन्स लिगको उपाधि होडबाट उनीहरु बाहिरिसकेका छन् ।
गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल यस सिजन एट्लेटिको मड्रिडसंग अन्तिम १६ को खेलमा पराजित बन्यो । स्पेनिस क्लब एट्लेटिको ७ सय ४ मिलियन पाउण्ड सहित १८ औं स्थानमा छ ।
लिभरपुल र चेल्सी समेत अन्तिम १६ को खेलमा पराजित भएका थिए । यस्तै, म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा स्पेनिस क्लब सेभियासंग रोकिएको थियो ।