एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा रेनस र लिलले आफ्नो पहिलो खेलमा बराबरी खेल्दै अंक बाडेका छन् ।
शनिबार राति भएको खेलमा रेनस र लिलले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
लिलको मैदान भएको खेलमा दुबै टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।
खेलको ३५ औं मिनेटमा साचा बोईले रातो कार्ड पाउँदा रेनस १० खेलाडीमा समेटिएको थियो ।
खेलको ४० औं मिनेटमा जोनाथन बाम्बाले गोल गर्दै लिललाई अग्रता दिलाए । तर, ४३ औं मिनेटमा रेनिल्डोले रातो कार्ड पाएपछि लिल पनि १० खेलाडीमा समेटियो ।

खेलको ७४ औं मिनेटमा डामिन डा सिल्भाले गोल गर्दै रेनसलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
एक अंक जोडेको रेनस दोस्रो र लिल तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा एन्जर्सले डिजोनलाई १-० ले हराएको छ ।
एन्जर्सको जितमा स्माइल ट्राओरेले निर्णायक गोल गरे ।
एन्जर्स ३ अंक जोडेको शीर्ष स्थानमा रहेको छ ।