एजेन्सी । फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेले च्याम्पियन्स लिग जित्नु आफ्नो लक्ष्य भएको बताएका छन् ।
फ्रान्सलाई सन् २०१८ को विश्वकप जिताएका एम्बाप्पेले च्याम्पियन्स लिगको उपाधि आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।
उनी पहिलो पटक युरोपेली क्लब फुटबलको ठुलो प्रतियोगिताको उपाधिमा दाबेदारिता प्रस्तुत गर्दै छन् ।
‘क्लबसंग जोडिनु यहीनै मेरो मुख्य कारण थियो ।’ मोनाकोका पूर्व खेलाडी एम्बाप्पेले भने ।
‘मैले सधै भन्दै आएको थिए, म फ्रान्सेली फुटबलमा ईतिहास लेख्न चाहन्छु । आईतबार मेरा लागि अर्को अवसर प्राप्त छ ।’ एम्बाप्पेले भनेका छन् ।

पीएसजी युरोपेली फुटबलका ठुलो लगानी गर्ने क्लब हो । तर युरोपेली महादेशको सबैभन्दा ठुलो क्लब प्रतियोगितामा पीएसजीले लगानी अनुसारको सफलता प्राप्त गर्न सकेको छैन ।
‘म जोडिदा हामीसंग निराशाका केही अनुभवहरु थिए । तर हामी अहिले फाईनलमा छौ । सोही कारण हामीले छाड्न हुदैन । टिमले पनि अवसरलाई गुमाउनु हुदैन ।’ उनले थपे ।
एम्बाप्पे प्रेरित पीएसजीले च्याम्पियन्स लिगको फाईनल यात्रा तय गरेको छ । उनकै प्रेरणादायी प्रर्दशनमा पीएसजीले क्वार्टरफाईनल र सेमिफाईनलमा क्रमश एटलान्टा र आरबी आईपेजिगलाई हराउँदै फाईनल यात्रा तय गरेको हो ।
पीएसजी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधिमा चुनौती प्रस्तुत गर्दैछ । युरोपेली फुटबलका सबै भन्दा माग गरिएका युवा स्टार एम्बाप्पे समेत पहिलो च्याम्पियन्स लिगको फाईनल खेल्दैछन् ।