एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको खेल तालिका बिहीबार सार्वजनिक हुने भएको छ ।
प्रिमियर लिगले २०२०/२१ को सिजनको खेल तालिका बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ । सिजन २०२१ को मे २३ मा सकिनेछ ।
सधै अगस्टमा सुरु हुने सिजन कोरोना भाईरसको महामारीको कारण ढिला सुरु हुन लागेको हो ।
कोरोनाको कारण अघिल्लो सिजन तीन महिना स्थगित भएपछि नयाँ सिजन ढिला सुरु हुन लागेको हो ।
अघिल्लो सिजनको उपाधि भने लिभरपुलले जितेको थियो ।
लिभरपुलले ३० वर्षपछि पहिलोपटक उपाधि जितेको हो ।