युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने
२०२५ सेप्टेम्बर १७, बुधबार

काठमाडौं। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कपमा वेस्ट इन्डिजका पूर्वस्टार क्रिकेटर तथा चर्चित कमेन्टेटर इयान बिशोपले कमेन्ट्री गर्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार भिडियो सन्देशमार्फत संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर २७ देखि २९ सम्म हुने उक्त टी–२०आई प्रतियोगितामा बिशोपले कमेन्ट्री सम्हाल्ने जानकारी दिएको हो।
उनले सन्देशमा उक्त सिरिजमा कमेन्ट्री गर्न उत्साहित रहेको बताएका छन्। उनले भनेका छन्, ‘ब्रोडक्रास्टिङ टिमको सदस्य हुन पाउँदा एकदम धेरै उत्साहित छ । यो सिरिज एकदम रोमाञ्चक हुने अपेक्षा राखेको छु।’