एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले ब्राजिलका युवा मिडफिल्डर रेइनयर जिसस कार्भाल्होलाई अनुबन्ध गरेको छ ।
डर्टमण्डले १८ वर्षीय अट्याकिङ मिडफिल्डर जिससलाई लोनमा स्पेनिस क्लब रियल मड्रिडबाट अनुबन्ध गरेको हो ।
'डर्टमण्डमा आबद्द हुँदा म खुशी छु । युवा खेलाडीलाई उत्कृष्ट बनाउने क्लबको रुपमा परिचित छ,' जिससले सम्झौतापछि भने,'म यहाँ धेरै कुरा सिक्ने छु । खेल्ने छु र टिमको सफलताका लागि सहयोग गर्ने छु ।'
ब्राजिलको यू-२३ टोलीका मिडफिल्डरलाई दुई सिजनका लागि डर्टमण्डले लोनमा अनुबन्ध गरेको हो ।
जिसस अब सन् २०२२ को जुन ३० सम्म डर्टमण्डमा रहने छन् ।
रियलले जिससलाई गत जनवरीमा ब्राजिलियन क्लब फ्लामेन्गोबाट अनुबन्ध गरेको थियो ।
रियलको सिनियर टिमबाट खेल्न नपाएपनि उनले दोस्रो डिभिजन खेल्ने मौका पाएका थिए । जहाँ ३ खेलमा उनले २ गोल समेत गरेका थिए ।
