एटीपी टुर फाइनल्स नोभेम्बरमा
शनिबार, ३१ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । टेनिसको एटीपी टुर फाइनल्स नोभेम्बरमा आयोजना हुने भएको छ ।
सिजनको अन्तिम प्रतियोगिताको रुपमा एटीपी टुर फाइनल्स नोभेम्बर १५ देखि २२ सम्म हुने भएको हो ।
लण्डनमा हुने प्रतियोगिता दर्शक बिना खेलाईने छ । कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै प्रतियोगिता दर्शक बिना हुने भएको हो ।
गत वर्षको उपाधि स्टेफानोसले जितेका थिए ।
एटीपी टुर अघि टेनिसको १४ मुख्य प्रतियोगिता हुनेछ ।
कोरोना भाईरसको महामारीपछि एटीपीको पहिलो प्रतियोगिताको रुपमा सिनसिनाटी ओपन टेनिस अमेरिकामा हुनेछ ।
न्युयोर्कमा हुने सिनसिनाटी ओपन अगस्ट २२ बाट सुरु हुनेछ ।
त्यसपछि अगस्ट ३१ बाट युएस ओपन सुरु हुनेछ ।







1686853912-1760864621059.avif&w=3840&q=75)


-1765627825694.jpeg&w=3840&q=75)




