• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
भलिबलको पदकमा विदेशी प्रशिक्षकको हुर्मत !
नमीन ढकाल
शनिबार, साउन ३१, २०७७ नमीन ढकाल
भलिबलको पदकमा विदेशी प्रशिक्षकको हुर्मत !

काठमाडौं । भलिबलको इतिहासमा नेपालको राष्ट्रिय महिला टिमले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ऐतिहासिक रजत पदक जित्यो । महिला टिमको मुख्य प्रशिक्षकमा थिए, जगदिश भट्ट ।

सागको गौरवमय ईतिहासमा नेपाली प्रशिक्षकले प्राप्त गरेको सफलतालाई एक जना विदेशी प्रशिक्षकले हुर्मत लिने काम गरेका छन् । पुरुष टिम हेर्ने जिम्मेवारी सहित नेपाल आएका नेदरल्याण्डका प्रशिक्षक लिस्ले डी जोङले आफ्नो नेतृत्वमा नेपालको महिला टिमले सागमा रजत पदक जितेको दाबी सहित अन्तराष्ट्रिय फोरममा आफुलाई प्रस्तुत गरेको खुल्न आएको छ ।

भलिबलकै ईतिहासकै पहिलो पटक प्राप्त ऐतिहासिक रजत पदक आफुले जिताएको भन्दै झुटको खेती गरेर प्रशिक्षक लिस्लेले आफ्नो भलिबल फाउन्डेनलाई उकास्ने काम गरेको पाईएको छ ।

नेपाल भलिबल संघले गत मंसिरमा सम्पन्न १३ औं सागमा पुरुष टिम हेर्ने गरि अन्तिम समयमा लिस्लेलाई प्रशिक्षकको रुपमा नेपाल झिकाएको थियो । विदेशी प्रशिक्षकको रुपमा नेपाल आएका लिस्लेले पुरुष टिमलाई खासै गतिलो नतिजा दिन सकेनन् । पुरुष टिम समूह चरणबाटै बाहिरिन पुग्यो ।

पुरुष टिमबाट लज्जास्पद प्रर्दशन र नतिजा भोगेका लिस्ले महिला टिमका हरेक खेलमा कोर्ट वरपर देखिन थाले । फाईनल खेल नेपालको महिला टिमले भारतसंग गुमाउँदा उनी नेपाली टिमसंगै देखिन्थे । उनी महिला टिमको पदक समारोहमा समेत खेलाडीसंगै उभिए । रजत पदक भिरेर फोटो समेत खिचाए । सोही फोटोलाई दुरुपयोग गर्दै लिस्लेलाई अन्तराष्ट्रिय जगतमा आफुले नेपालको महिला टिमलाई रजत पदक जिताएको दाबी सहित प्रस्तुत हुने गरेका छन् ।

लिस्लेले महिला टिमको प्रशिक्षक आफु रहेको र आफ्नै नेतृत्वमा नेपालको महिला भलिबल टिमलाई रजत पदक जिताउन सफल भएको दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी)मा लामो समाचार लेखाएका छन् ।

एभीसीको आधिकारिक वेव साईडबाट लिस्लेले सञ्चालन गरेको परियोजनाको समाचार आएसंगै उनको झुट समेत बाहिर आएको हो । उनले नेपालका मानिसमा रजत पदक जित्न विश्वास नगरेको अवस्थामा आफुहरुले टिमलाई एकीकृत गर्दै आत्मविश्वास दिलाएर नतिजा दिलाएको दाबी गरेका छन् ।

राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान जयनारायण चौधरीले एक विदेशी प्रशिक्षकले ब्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर नेपालको राष्ट्रिय प्रतिष्ठासंग आँच पुर्याउने काम गरेको बताउँछन् ।

‘गलत रुपमा फोटो खिचेर बाहिर भजाउन मिल्दैन । विदेशीको रुपमा उसले नेपाललाई सहयोग गरेको हुन सक्छ । तर उसले नेपाली प्रशिक्षकको ब्यक्तित्व र आर्दशमा धोका दिने काम गरेको छ ।’ उनले खेलापाटीसंग भने ।

‘सहयोग आउँछ भनेर सबै सहज रुपमा लिनु हुदैन । सहयोगको सिमा हुन्छ । त्यही भित्र रहेर सबैले गर्न पर्छ ।’ चौधरीले थपे ।

‘अन्तराष्ट्रिय जगतमा सिर्जना गर्न खोजिएको झुटको हामीले बिरोध गरेका छौ । एभीसीले केही सच्चाएको छ । तर प्रशिक्षक (लिस्ले) फटाहा काम गरेको देखिन्छ । उसले भलिबलसंग माफी मागेर गलत कुरा हटाउनुपर्ने हो । उसले नेपाली प्रशिक्षकको ब्यक्तित्व र गौरवमा आघात पुर्याउने काम गरेको छ ।’ पूर्व कप्तान चौधरी थप्छन् ।

चौधरी सहित प्रशिक्षक कपिल किशोर श्रेष्ठले लिस्लेको गतिविधिबारे नेपाल भलिबल संघको ध्यानाकर्षण गरेपछि एभीसीले महिला भलिबल टिमको प्रशिक्षकको रुपमा लिस्लेको नाम हटाएको छ । तर रजत पदक जिताउन आफुले भूमिका खेलेको आशयका अभिब्यक्ती अझैपनि समाचार सामाग्रीमा यथावत छ ।

नेपाल भलिबल संघले बंगलादेशमा आयोजना भएको एभीसी सेन्टर जोनमा तत्कालिन सचिव समेत रहेका जगदिश भट्टलाई महिला टिमको जिम्बेवारी दिएको थियो । उनले तत्कालिन कप्तान विनिता बुढाथोकी, नेविका चौधरी, मञ्जु गुरुङ लगायत खेलाडीलाई बाहिर राख्दै टिम तयार पारेका थिए । भलिबलका अनुभवी अनुहारलाई बाहिर राख्ने भट्टको निर्णयको संघ भित्रका पदाधिकारी, खेलाडी र सञ्चारमाध्यमले चर्को आलोचना गरेका थिए ।

सम्पूर्ण आलोचना आत्मसाथ गर्दै सागमा ऐतिहासिक रजत पदक जिताएका भट्टको सफलताको श्रेय डच प्रशिक्षक लिस्लेले लिएका छन् ।

‘यस बिषयको जानकारी हुने बित्तिकै लिस्लेको ध्यानाकर्षण गराएका थिए । तर उनले यस बिषयमा आफ्नो गल्ती भएको र माफी माग्दै सम्पादनको लागि एभिसीमा निवेदन दिएको बताएका छ ।’ भट्टले खेलापटीसंग भने ।

‘यस कार्यले राष्ट्र र भलिबल संघको बेईजत गरेको देखिन्छ । उसले बाहिर ‘हिरो‘ बन्न, आफ्नो बढुवाका लागि बढाई–चढाई गरेको देखिएको छ ।’ भट्टले भने ।

साग प्रतियोगितामा पुरुष टिम बाहिरिएसंगै लिस्ले महिला टिमसँगै होटेल जोन, कोर्टसम्म आवत जावत गर्ने र कोर्टमा पनि महिला टिमसँग बेच्नमा बस्न खोजेको देखिन्थ्यो ।

उनलाई कयौं पटक रेफ्रीले समेत कोर्टबाट निकालेका थिए । उनी रजत विजेता खेलाडीको पदक वितरण समारोहमा समेत खेलाडी तथा अफिसियलसंग लामबद्ध भएर बसेका थिए । भलिबल संघका पदाधिकारीले उनलाई न त सचेत गराए, न त उनको अस्वभाविक हर्कत रोक्न ध्याननै दिए ।

नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले लिस्लेले एभीसीमा सो कुरा बोल्नु गल्ती भएको र त्यसलाई सुधारका लागि पत्र पठाएको जानकारी गराएको खेलपाटीलाई बताए ।

‘उसले रजत जिताएको बिषयमा एभीसीको ध्यानाकर्षण गराएका छौं । उनीहरुले सच्चाएर प्रकाशित गर्छु भनेका छन् ।’ चन्दले भने ।

महासचिव चन्दले लिस्लेलाई महिला टिमको पदक समारोहमा जान दिएर आफुहरुले गल्ती गरेको स्विकार गरेका छन् । चौतर्फी रुपमा आलोचना हुन थालेपछि महासचिव चन्दले नेपाली प्रशिक्षक भट्टलेनै साग खेलमा पदक जिताएको समाचार एभीसीको आधिकारिक वेवमा प्रकाशित गर्न लगाएका छन् ।

पुरुष भलिबल टिमको प्रशिक्षकको रुपमा लिस्ले पहिलो पटक नेपाल आएका थिए । उनकै नेतृत्वमा नेपालको पुरुष टिम एसियन गेम्समा सहभागी समेत बनेको थियो ।

पुरुष टिमबाट खासै सफलता पाउन नसकेका लिस्लेले महिला टिमलाई रजत जिताएको भन्दै अन्तराष्ट्रिय जगतमा नेपाल र नेपाली प्रशिक्षकको हुर्मत लिएका छन् ।

भलिबल संघका केही पदाधिकारीले लिस्लेलाई आवश्य भन्दा बढी स्थान दिदा उनले महिला टिमको पदक समारोहमा गएर मेडल लगाएर फोटो मात्र खिचाएनन्, सोही पदक सहितको फोटोलाई अन्तराष्ट्रिय जगतमा गलत रुपमा प्रयोग गर्न थालेका छन् ।

भलिबल प्रशिक्षक कपिल किशोर श्रेष्ठले विदेशी प्रशिक्षकले गरेको गतल हर्कतले नेपाल र नेपाली प्रशिक्षकमाथि अन्याय भएको बताउँछन् ।

‘नेपाली प्रशिक्षकले पदक ल्याउने अनि त्यसको श्रेय विदेशी प्रशिक्षकले लैजान पाउदैन ।’ उनले भने, ‘एभीसीबाट आधिकारिक रुपमा सो बिषयबस्तु आउनु निकै दुखद बिषय हो ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हङकङसँग नेपाल पराजित
हङकङसँग नेपाल पराजित
सरस्वतीको सानदार जित
सरस्वतीको सानदार जित
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
८ खेलपछि धीरेन्द्रको प्रतिबन्ध फुकुवा, सरस्वतीले पायो ३ अंक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP