एजेन्सी । स्पेन र पोर्चुगलबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।
युएईएफए नेसन्स लिग अघि स्पेनले पोर्चुगलसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो ।
स्पेनले अक्टोबर ७ मा पोर्चुगलसँग उसैको भूमिमा मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेसन्स लिगमा स्पेनले अक्टोबर १० मा स्विजरल्याण्डसँग र अक्टोबर १४ मा युक्रेनसँग खेल्नेछ । यस्तै जर्मनीसँग सेप्टेम्बर ३ मा खेल्नेछ ।
रुसमा भएको सन् २०१८ को विश्वकपमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनसँग ३-३ गोलको बराबरी खेलेको थियो ।