एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
एट्लेटिकोले सोमबार कोरोना संक्रमित खेलाडी एन्जल कोर्रिया र सिमे भार्जल्को भएको पुष्टि गरेको छ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल अघि एट्लेटिकोका दुई खेलाडीमा कोरोना देखिएको हो ।
पोर्चुगलको लिस्बोनमा बिहीबार एट्लेटिकोले जर्मन क्लब आरबी लाईपेजिंगसँग खेल्दैछ ।
एट्लेटिकोले संक्रमित दुवै खेलाडी क्वारेन्टिनमा रहेको समेत जनाएको छ ।
पोर्चुगल जानु अघि गरिएको परिक्षणमा पहिलो टिमका खेलाडीलाई कोरोना पोजेटिभ देखिएको हो ।