नाडालले युएस ओपन नखेल्ने
बुधबार, २१ श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । साविक विजेता तथा स्पेनिस स्टार राफायल नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने भएका छन् ।
कोरोना भाईरसको महामारीको कारण नाडालले युएस ओपन नखेल्ने भएका हुन् ।
नाडालले सामाजिक संजालबाट आफुले युएस ओपनबाट नाम फिर्ता लिएको बताएका छन् ।
विश्व नम्बर दुई नाडालले गत वर्ष डानिल मेदभेदेबलाई हराएर १९ औं पटक ग्राण्डस्लाम उपाधि जितेका थिए ।
अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ ।










-1770487281088.png&w=3840&q=75)



