• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रोमान्चक, ऐतिहासिक अनि नाटकीय जित !
खेलपाटी संवाददाता
सोमबार, साउन १९, २०७७ खेलपाटी संवाददाता
रोमान्चक, ऐतिहासिक अनि नाटकीय जित !

काठमाडौं । सायद, सपना नदेख्ने को होला र ? धेरैले सपना देखेका हुन्छन्, सपना बोकेका हुन्छन् ।

कतिको सपना पुरा हुन्छ, कतिको अधुरै रहन्छ ।

नेपाली क्रिकेटले पनि एक सपना देखेको थियो । जुन, दुई वर्ष अघि पुरा भएको थियो ।

सन् २०१८ को अगस्ट १ मा नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो ।

एमस्ट्राडममा नेदरल्यान्ड्ससँगको खेलसँगै नेपाली क्रिकेटले २२ वर्षअघि देखेको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता राष्ट्र बन्ने सपना पुरा गरेको थियो ।

त्यहिँ वर्ष जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।

जुलाईबाट एकदिवसीय मान्यता पाएको नेपालले एक महिनापछि नै पहिलो डेब्यु खेलेको थियो ।

ऐतिहासिक दुई खेलको सिरिजका लागि नेदरल्यान्ड्स पुगेको नेपाली टोलीले डेब्यु खेलमा भने ५५ रनले पराजित भएको थियो । 

तर, त्यसको दुई दिनपछि अगस्ट ३ अर्थात् आजकै दिन नेपालले ऐतिहासिक जित निकालेको थियो ।

नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा १ रनको रोमान्चक जित निकाल्दै नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित निकालेको थियो ।

त्यससँगै दुई खेलको सिरिज १-१ को बराबरी भएको थियो । त्यसयता नेपालले हालसम्म कुल १० एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेको छ ।

अन्तिम बलमा पाएको त्यो जित -

Image

नेदरल्यान्ड्सको भिआरए मैदानमा नेपालले घरेलु टोलीलाई जितका लागि २ सय १७ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय १६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको नेपालले २० ओभर भित्र ८८ रन बनाएर ५ विकेट गुमाईसकेको थियो । तर, तत्कालिन कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय इनिङ्स खेल्दै नेपालको स्कोर उकासेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका कप्तान पारसले ६९ बलमा ५१ रन जोडे ।

यस्तै अर्धशतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका सोमपालले ४६ बलमा ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । निकै आक्रामक ब्याटिङ गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै नेपालका लागि सुबास खकुरेल र दिपेन्द्र सिह ऐरीले समान १९/१९ रन जोड्दा आरिफ शेख १६ तथा ज्ञानेन्द्र मल्ल १३ रन बनाए । नेपालका सन्दीप लामिछाने ८, रोहित कुमार पौडेल ६, अनिल साह ४ रनमा आउट हुँदा ललित भण्डारी ४ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेनले ३ तथा माइकल रिप्पोन र पिटर सीलरले २/२ विकेट लिएका थिए ।

नेपालले दिएको उच्च लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड्स पुरै ५० ओभरमा अलआउट हुँदै २ सय १५ रनमा समेटियो ।



तर, नेपालले जित निकाल्न अन्तिम बलसम्म कुर्नु परेको थियो । 

अन्तिम ओभरमा पारस नायक बन्दा नेपालले जित हासिल गरेको थियो ।

नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो ।  उसको १ विकेट हातमा थियो । कप्तान पारसको पहिलो बलमा क्लासेनले १ रन जोडे । दोस्रो बलमा रन नेदरल्याण्डले रन जोड्न सकेन । तेस्रो बलमा मीकेरनले १ रन जोडे । त्यसपछि चौथो बलमा क्लासेनले दुई रन जोड्दा नेदरल्यान्ड्सलाई २ बलमा २ रन आवश्यक रह्यो ।

चौथो बलमा क्लासेनले रन जोड्न सकेन र अन्तिम बलमा नेदरल्यान्ड्सलाई २ रन आवश्यक रह्यो । 

अन्तिम बलमा क्लासेनले स्ट्रेट ड्राइभ गरे । भाग्यवश, बलले नन स्ट्राइक क्षेत्रको विकेटलाई लाग्छ र बल पारसको नजिक पुग्छ ।

नेदरल्यान्ड्सका दुवै ब्याट्सम्यान रनको लागि पिचमा कुदिरहेका हुन्छन् ।

पारसले आफु नजिकै आएको बल टिपेर स्टम्प उखेलीदिन्छन् । र, नेपालले रोमान्चक, ऐतिहासिक अनि नाटकीय जित हात पार्छ । यो जित नै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा जित हो ।

Image

क्लासेनले १३ रन जोड्दा मीकेरनले अविजित १२ रन जोडे । यस्तै नेदरल्यान्ड्सका वेस्ली बार्रेसीले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसबाहेक  उसका ड्यानियल टेर ब्राकले ३९,  पिटर सिलारले २१ रन जोड्दा बेन कोपेरले १९ तथा शेन स्नाटरले १२ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । यस्तै ललित भण्डारीले २ विकेट लिदा कप्तान पारस खड्का, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मीले १/१ विकेट लिएका थिए ।

निराशको दुई वर्ष :

एकदिवसीय मान्यता पाएको २ वर्ष पुगिसक्दा नेपालले हालसम्म मात्र १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसमा नेपालले समान ५ जित र ५ हार ब्यहोरेको छ ।

नेदरल्यान्ड्ससँगको सिरिजपछि नेपाली समर्थकले थुप्रै आशा बोकेका थिए । जस्तै नेपाल अब अन्तर्राष्ट्रिय खेलमा अन्य राष्ट्र जस्तै निरन्तर हुन्छ । खेलाडीले राम्रो सेवा सुबिधा पाउने छन् । नेपालले स्तरीय क्रिकेट खेल्नेछ । टेष्ट राष्ट्रको खेलाडीसँग तुलना गर्न पाईनेछ आदि इत्यादि ।

तर, समर्थकको सपना सपनामै सिमित छ । न नेपालले स्तरीय खेल खेल्न सकेको छ । न खेलाडीले राम्रो सुबिधा पाएका छन् ।

दुई वर्षमा नेपालले मात्र १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नु आफैमा सुखद सन्देश हैन ।

नेपाल क्रिकेट संघ क्यान निलम्बन रहेको अवस्थामा सिरिज आह्वान गर्न नसकिएको हो । तर, अहिले अवस्था फेरिएको छ । क्यानको प्रतिबन्ध फुकुवा भईसकेको छ । क्यानले नयाँ नेतृत्व पाईसकेको छ ।

पक्कै पनि क्यानले अब नेपाली क्रिकेटलाई स्फुर्त तरिकाले लैजाने विश्वास गर्न सकिन्छ ।

नेपालको अहिलेको लक्ष्य एकदिवसीय विश्वकप खेल्ने र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाइ राख्नु हुनेछ ।

नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतका सिरिज खेलिरहेको छ ।

लिग–२ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएका ७ राष्ट्र रहेका छन् । जहाँ सन् २०२२ सम्ममा हरेक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिगको अन्त्यमा शीर्ष तीनमा पर्ने टिमले सन् २०२३ मा हुने विश्वकपको लागि सिधै विश्वकप छनोटमा स्थान बनाउने छ ।

त्यस्तै एकदिवसीय वरियतामा सुधार गर्दै थप चार वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता लम्ब्याउने अवसर रहने छ । सुन्दा जति सहज देखिन्छ, एकदिवसीय वरियता जोगाउनै नेपालको लागि चुनौतीपुर्ण देखिन्छ ।

लिग–२ मा नेपालले ३६ मध्य ३२ खेल खेल्न बाँकी छ । खेलेको ४ खेलमा २ जित निकाल्दा २ हार ब्यहोरेको छ । आउने खेलहरु आफु भन्दा बलियो टिमसँग खेल्नेछ । यता, नेपालको प्रदर्शन दिन दिनै ओरालो लागेको देखिन्छ ।

अब नेपालले बाँकी २ वर्षमा कम्तिमा ३२ एकदिवसीय खेल खेल्नेछ ।

बाँकी खेल निकै महत्वपूर्ण रहेको कारण थप स्तरीय क्रिकेट खेल्दै नेपालले लिगको बाँकी खेलका लागि तयारी गर्नु पर्नेछ ।

बेलैमा नेपालले आफ्नो कमजोरीको कारण तत्व पत्ता लगाएर समाधान नगरे एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाईराख्न गाह्रो पर्ने देखिन्छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP