युएस, मेक्सिकन र ब्राजिलियन ग्राण्ड प्रिक्स रद्द
शनिबार, १० श्रावण २०७७खेलपाटी संवाददाता

एजेन्सी । फर्मूला वानका तीन ठुला प्रतियोगिता रद्द भएको छ ।
कोरोना भाईरसको कारण युएस, मेक्सिकन र ब्राजिलियन ग्राण्ड प्रिक्स रद्द गरिएको हो ।
फर्मुला वानले शनिबार यस वर्ष तीन प्रतियोगिता नहुने जनाएको छ ।
टेक्सासमा हुने युएस ग्राण्ड प्रिक्स अक्टोबर २३ मा हुने तालिका रहेको थियो । त्यसको एक सातापछि मेक्सिकन ग्राण्ड प्रिक्स हुने तय थियो ।
यस्तै ब्राजिलियन ग्राण्ड प्रिक्स नोभेम्बर १३ मा हुने तालिका रहेको थियो ।
त्यस्तै क्यानेडियन ग्राण्ड प्रिक्स समेत रद्द हुन सक्ने बताईएको छ ।
कोरोनाकै कारण जुनमा हुने क्यानेडियन ग्राण्ड प्रिक्स स्थगित गरिएको थियो ।






%20(2)-1765947464452.png&w=3840&q=75)

-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)