एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (बिहीबार) उपाधि नजिक रहेको युभेन्ट्सले उडिनेजेसँग प्रतिस्पर्धा गर्दैछ ।
युभेन्ट्सले उडिनेजेसँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ११:१५ मा सुरु हुनेछ ।
युभेन्ट्स घरेलु टोलीलाई हराएर उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । युभेन्ट्सलाई यस सिजन उपाधि जित्न मात्र ३ अंकको आवश्यकता रहेको छ ।
यस्तोमा उडिनेजेलाई हराउँन सकेमा युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्नेछ ।
लिग लिडर युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । युभेन्ट्सले ८० अंक जोड्दा एटलान्टाले ७४ अंक जोडेको छ ।
युभेन्ट्सले घरेलु टोलिविरुद्ध ३ अंक जोडेमा लगातार नवौं सिजन सिरी 'ए' को उपाधि जित्नेछ ।
युभेन्ट्सले सन् २०११/१२ को सिजन यता लगातार उपाधि जित्दै आइरहेको छ । यस्तै युभेन्ट्सले ३६ औं सिरी 'ए' उपाधि जित्नेछ ।
उपाधि जित्ने लक्ष्य लिएको युभेन्ट्सले घरेलु टोलिविरुद्ध क्रिस्टियानो रोनाल्डो, पाउल डिबालालाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ ।
यता, उडिनेजे घरेलु टोलीलाई रोक्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । उडिनेजे ३६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
अर्को खेलमा लाजियो र काग्लियारीबीच खेल हुनेछ ।