एजेन्सी । च्याम्पियनसिप क्लब वेष्ट ब्रुम शीर्ष डिभिजनको प्रिमियर लिगमा बढुवा भएको छ ।
दोस्रो डिभिजनको लिग च्याम्पियनसिपको दोस्रो स्थानमा रहदै वेष्ट ब्रुम प्रिमियर लिगमा फर्किएको हो ।
च्याम्पियनसिपको अन्तिम खेलमा बुधबार राति क्युपिआरसँग २-२ गोलको बराबरी खेलेपछि वेष्ट ब्रुम सिधै प्रिमियर लिगमा बढुवा भएको हो ।
प्रिमियर लिगबाट रेलिगेसनमा परेको दुई वर्षपछि वेष्ट ब्रुम शीर्ष डिभिजनमा फर्किएको हो । वेष्ट ब्रुम सन् २०१७/१८ को सिजन घटुवा भएको थियो ।
च्याम्पियनसिपबाट सिधै बढुवा हुने अर्को टिममा लिड्स युनाइटेड रहेको छ । यस अघि नै बढुवा भईसकेको लिड्स च्याम्पियनसिपको उपाधि समेत जितेको छ ।
लिड्सले यस सिजन ९३ अनक जोडियो । वेष्ट ब्रुमले ८३ अंक जोड्यो ।
यस्तै प्रिमियर लिगमा बढुवाका लागि स्वान्सी सिटी, फुल्हम,ब्रेन्फोर्ड र कार्डिफ सिटीले प्ले अफ खेल खेल्ने छन् ।
यस सिजन च्याम्पियनसिपमा विगान एथ्लेटिक्स, चार्ल्टन एथ्लेटिक र हल सिटी रेलिगेसनमा परेको छ ।