एजेन्सी । फ्रान्सेली स्टार केलियन एम्बाप्पेले आफु पेरिस सेन्ट जर्मेन (पीएसजी)मै बस्ने बताएका छन् ।
स्पेनिस क्लब रियल मड्रिडसंग जोडिएका एम्बाप्पेले आफु अर्को सिजन समेत पीएसजीमै बस्ने पक्का गरेका हुन् ।
स्पेनिस महारथी क्लब रियलले फ्रान्सेली स्टारलाई क्लबमा अनुबन्धन गर्न निकै जोड गरिरहेको थियो । तर एमबाप्पेको पछिल्लो भनाईसंगै रियललाई समेत फ्रान्सेली स्टारको बिषयमा पुर्नविचार गर्नुपर्ने देखाएको छ ।
मंगलबार सेल्टिक क्लबलाई ४–० गोल अन्तरले हराएपछि प्रक्रिया दिदै एम्बाप्पेले सो कुरा भएका हुन् । उनले यस समर ट्रान्सफरमा आफु बाहिर जाने हल्ला मात्र रहेको बताए ।
उनी सन् २०१७ मा फ्रान्सेली क्लब मोनाकोबाट पीएसजी आएका थिए ।

'म यतिमात्र भन्न सक्छु, म यही बस्छु । म चार बर्षको योजनामा छु ।' उनले भनेका छन् ।
'म समर्थक, निर्देशकलाई भन्न चाहन्छु, म कतै गईरहेको छैन । म टिमलाई उपाधिहरु जिताउन चाहन्छु । र विश्वको उत्कृष्ट हुन चाहन्छु ।' एम्बाप्पेले भनेका छन् ।
एम्बाप्पेको पीएसजीसंगको सम्झौता सन् २०२२ मा सकिदैछ । उनी अर्को सिजन क्लब छाडेमा रियलले यस सिजन भन्दा कम रकम भुक्तान गर्नेछ ।
रियलले गत बिहिबार भिला रियललाई २–१ ले हराउँदै लिग उपाधि जितेको थियो । तर पनि रियल यस समरमा खेलाडी अनुबन्धनमा खर्च गर्न चाहन्छ ।
क्लबका फरवार्ड ग्यारेथ बेल पछिल्लो समय अन्य क्लबसंग जोडिएका छन् । तर उनका एजेन्टले बेलले कतै नजाने बताएका छन् । लुका जोभिक समेत रियल छाड्ने तयारीमा छन् ।
रियल मड्रिडले केही समय अघि पाउल पोग्बा र एन गोलो कान्टेलाई अनुबन्धनको प्रयास गरेको थियो । तर पोग्बा म्यान्चेष्टर युनाईटेडसंग ५ बर्षको नयाँ सम्झौताको नजिक छन् । क्लबका नयाँ मिडफिल्डर ब्रुनो फर्नान्डेसको आगमनसंगै पोग्बाले युनाईटेडमै रहने मन बनाएका हुन् ।