एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखका विंगर लोरी सानेले पूर्व प्रशिक्षक पेप ग्वार्डिओलासँगको आफ्नो सम्बन्ध राम्रो रहेको बताएका छन् ।
स्पोर्ट्स विल्डसँग कुरा गर्दै सानेले पूर्व क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका हुन् ।
जर्मनीका विंगर साने गत महिना सिटीबाट बायर्न गएका थिए । ग्वार्डिओलासँगको सम्बन्ध राम्रो नभएको कारण साने जर्मनी गएको समाचारहरु आएको थियो ।
तर, सानेले ग्वार्डिओलासँगको आफ्नो सम्बन्ध राम्रो रहेको दाबी गरेका हुन् ।
'हाम्रो सम्बन्ध राम्रो छ ।' सानेले भने, 'म सबैसँग आभारी छु । ग्वार्डिओलाले मलाई उच्च स्तरको बनाउन सहयोग गरे ।'
२४ वर्षे सानेले सिटीमा ४ वर्ष बिताएका थिए । साने जर्मन क्लब साल्केबाट सन् २०१६ मा सिटी आएका थिए ।
सानेले सिटीका लागि २ प्रिमियर लिग, २/२ लिग कप र कम्युनिटी शिल्डको उपाधि जित्दा एक एफए कप जितेका थिए ।
सानेले सिटीका लागि १ सय ३५ खेलमा ३९ गोल र ४५ गोलका लागि पास उपलब्ध गराएका थिए ।
बायर्नले सानेसँग पाँच वर्षे सम्झौता गरेका थिए । साने २०२५ सम्म बायर्नमा रहने छन् ।