बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. सरकारको स्विकृतिले खेलाडी र प्रशिक्षक खुसी

सरकारको स्विकृतिले खेलाडी र प्रशिक्षक खुसी

२०२० जुलाई २२, बुधबारनमीन ढकाल

सरकारको स्विकृतिले खेलाडी र प्रशिक्षक खुसी

काठमाडौं । सरकारले करिब तीन महिनादेखि ठप्प खेलकुद गतिविधि सुरु गर्न अनुमती प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय खेलकुदमा सहभागीता जनाउने टिमको प्रशिक्षण सुरु गर्न अनुमती दिने निर्णय गरेको हो ।

सरकारले प्रारम्भिक खेल र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने टिमको प्रशिक्षण सुरु गर्न स्विकृति त दिएको छ, तर निकै ढिला हुने गरि ।

यसअघि अखिल नेपाल फुटबल संघ एन्फाले बारम्बार खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई प्रशिक्षणको स्विकृतिका लागि आग्रह गर्दै आएको थियो ।

अन्तिम समय मन्त्रीपरिषद्को निर्णयसंगै एन्फाले प्रशिक्षणको अनुमती पाएको छ, तर अभ्यासका लागि भदौको पहिलो सातानै पर्खन पर्ने भएको छ ।

नेपालले आगामी महिना एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसंग विश्वकप छनोटको दोस्रो चरणको होम गेम खेल्दैछ, दशरथ रंगशालामा ।

यसअघि ए डिभिजन लिग समाप्त भएसँगै एन्फाले फागुन ३ गते राष्ट्रिय टिमलाई तयारीका लागि बोलाएको थियो । तर विश्वभर फैलिएको कोराना महामारिका कारण एन्फाले तयारी रोेकेको थियो भने चालू अवस्थामा रहेको बी डिभिजन लिग समेत स्थगित गर्नुपरेको थियो ।

कोरोनाले स्थगित अभ्यास एन्फाले भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेकोे छ । एन्फा चाहन्थ्यो सरकारले यसै हप्ताबाट प्रशिक्षणका लागि स्विकृति प्रदान गरोस । तर आफुले चाहेको र सोचे जस्तो नहुँदा एन्फाका पदाधिकारी असन्तुष्ट देखिन्छन् । तर ढिलै भएपनि प्रशिक्षणमा फर्कने निर्णय हुदाँ खेलाडी भने खुसी देखिन्छन् ।

‘ढिलै भएपनि तयारी गर्न पाउने भएका छौं । धेरै खुसी छु ।’ राष्ट्रिय टिमका स्ट्राइकर भरत खवास भन्छन् ।

खेलाडी मात्रै नभएर प्रशिक्षक समेत अभ्यासको स्विकृति पाएसँगै मख्ख छन् ।

महिला फुटबल टिमका पुर्व मुख्य प्रशिक्षक तथा पुर्व अन्तराष्ट्रिय खेलाडी हरि खड्का भन्छन्, ‘यो निर्णय स्वागत योग्य छ । किनकी सबै जना प्रशिक्षण हुन्छ कि हुँदैन भन्ने दोधारमा थिए । अब तयारी गर्न पाएका छौं ।’

सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप छनोटका लागि नेपालले पहिलो पटक सिधै दोस्रो चरणमा खेल्न पाएको हो । समूह बी मा रहेको नेपाल ५ खेल खेल्दै ३ अंक जोड्न सफल भएको छ ।

यसअघि मैदान अभावका कारण नेपालले ४ वटै सुरुवाती खेल अवे मैदानमा खेलेको थियो । कुवेतविरुद्ध मैदान अभावका कारण नेपालले होम खेल भुटानमा गएर खेलेको हो ।

सरकारको निर्णयले राष्ट्रिय टिमका युवा खेलाडी समेत खुसी छन् । दैनिकी रुपमा घरमै रहेर अभ्यास गरिरहेका अभिषेक रिजाल सरकारको निर्णयले खुसी देखिन्छन् ।

‘धेरै दिनदेखि एक्लै अभ्यास गरेको थिए । अब भने टिमका साथीसँग अभ्यास गर्न पाउने भएका छौं । खुसी छु ।’ १३ औं सागका स्वर्ण पदक विजेता अभिषेक भन्छन् ।

सरकारको निर्णयसँगै एन्फाले अव स्वास्थ्य मन्त्रालय र फिफाको निर्देशन अनुसार खेलाडीलाई अभ्यासमा बोलाउनुपर्नेछ । अहिले आधा भन्दा बढि खेलाडी उपत्यका बाहिर छन् ।

एन्फाले खेलाडीलाई एन्फा होस्टेल राख्ने र पीसीआर परिक्षण गरेर मात्र प्रशिक्षणमा सामेल गर्ने बताएको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास