बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबलकी प्रतिभालाई कोषको २ लाख सहयोग

सोमबार, ०५ श्रावण २०७७खेलपाटी संवाददाता
भलिबलकी प्रतिभालाई कोषको २ लाख सहयोग
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय भलिबल टिमकी सदस्य प्रतिभा मालीलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।

खेलको दौरान चोट बोकेर उपचार गराईरहेकी प्रतिभालाई कोषले २ लाख रुपैयाँ सहयोग गरेको हो ।

कोषका सदस्य सचिव तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले सातदोबाटोस्थित अर्थाेपेडिक रिहाब सेन्टरमा पुगेर प्रतिभालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष श्रेष्ठ सहित पूर्व अध्यक्ष दिपक विष्ट, आयशा शाक्य सहितको टोली सातदोबाटो पुगेर प्रतिभालाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाईनल खेलको दौरान प्रतिभाले खुट्टामा चोट बोकेकी थिईन् । उनको खुट्टाको मांशपेशी च्यातिएपछि सल्यक्रिया समेत गरिएको थियो ।

चिकित्सकले उनलाई करिब एक बर्ष मैदान बाहिर रहने बताएका थिए । प्रतिभा अहिले पुर्नस्थापना केन्द्रमा दैनिक अभ्यास गर्दै मैदान फर्कने दिन पर्खिएर बसेकी छिन् ।

उनको उपचारको सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ब्यहोरेको हो । परिषद्का तत्कालिन सदस्य सचिव रमेश सिलवालले प्रतिभाको उपचारको सम्पूर्ण खर्च राखेपले ब्यहोर्ने घोषणा गरेका थिए ।

तर सल्यक्रियापछि दैनिक अभ्यास र उपचारमा थप खर्च लाग्ने देखिएपछि राष्ट्रिय खेलाडी कल्याणकारी कोषले प्रतिभालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिभा घरेलु भलिबलकी नम्बर एक स्पाईकर छिन् । उनकै प्रेरणादायी प्रर्दशनमा नेपालको महिला भलिबलले एभीसी सेन्ट्रल जोनमा स्वर्ण पदक सहित १३ औं साग खेलकुदमा ऐतिहासिक रजत पदक प्राप्त गरेको थियो ।

घरेलु भलिबलमा न्यु डायमण्ड एकेडेमीबाट खेल्ने प्रतिभा समकालिन महिला भलिबलकी उत्कृष्ट खेलाडी मानिन्छिन् ।

कोषका सदस्य सचिव दिपक श्रेष्ठले पुर्नस्थापनाको क्रममा रहेकी प्रतिभालाई थप खर्च लाग्ने देखिएपछि कोषबाट रकम सहयोग गरिएको खेलपाटीलाई बताए ।

'राखेपले उपचारमा सहयोग गरेको छ । तर थप खर्च लाग्ने देखिएपछि कोषबाट उनलाई सहयोग गरिएको हो ।' श्रेष्ठले भने ।

कोषको रकम खेलाडीले थप सदुपयोग गरुन् – श्रेष्ठ

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले राष्ट्रिय खेलाडी कल्याणकारी कोषको रकम खेलाडीले भरपुर सदुयोग गरुन् भन्ने आफुहरुको ईच्छा रहेको बताएका छन् ।

पर्याप्त जानकारी नहुँदा कोषको रकम खेलाडीले प्राप्त गर्न नसकेको भन्दै श्रेष्ठले चोट सहित आर्थिक समस्यामा परेका खेलाडीले कोषमा सम्पर्क गर्न अनुरोध गरेका हुन् ।

खेलाडीमा आईपर्ने आर्थिक समस्यालाई मदत पुर्याउने उद्धेश्यले सरकारले राष्ट्रिय खेलाडी कोष स्थापना गरेको थियो । मन्त्रीपरिषद्ले कोषको कार्यविधि समेत पारित गर्दै समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आएको छ ।

कोषका अध्यक्षमा राखेप सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रि खेलाडी संघका अध्यक्ष रहने ब्यवस्था छ ।

तत्कालिन सदस्य सचिव जिवनराम श्रेष्ठले पाँचौ राष्ट्रिय खेलकुद आयोजनाको दौरान खर्च हुन बाँकी रहेको रकम मध्य १ करोड रुपैयाँ खेलाडी कल्याणकारी कोषका लागि छुट्याएका थिए । कोषले २०७२ सालको भुकम्पको दौरान आर्थिक समस्यामा परेका खेलाडीका घर परिवारलाई २७ लाख रुपैयाँ वितरण समेत गरेको थियो ।

कोषले १ करोड ४० लाख रुपैयाँ बैंकमा ‘फिक्स डिपोजिट’ गरेको छ । जसबाट बार्षिक रुपमा कोषलाई ब्याज प्राप्त हुन्छ । सोही ब्याजको रकम कोषले खेलाडीमा खर्च गर्दै आएको छ ।

कोषका सदस्य सचिव श्रेष्ठले खेलाडीले कोषका बिषयमा जानकारी राख्नुपर्ने उल्लेख गर्दै यसको रकम भरपुर उपयोग गरुन् भन्ने ईच्छा रहेको बताएका छन् ।

चोट सहित आर्थिक समस्यामा परेका खेलाडीले कोषमा सम्पर्क राख्न सक्नेछन् । कोषले कार्यविधि अनुसार वास्तविक समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग प्रदान गर्नेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

Bajaj Pulsar Motorcycle Ad
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग