लेष्टरलाई टोटेनहमको चुनौती
२०२० जुलाई १९, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) टोटेनहम र लेष्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
टोटेनहमले घरेलु मैदानमा लेष्टरलाई आतिथ्यता प्रदान गर्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
टोटेनहम स्टेडियममा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
घरेलु मैदानमा टोटेनहम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
सातौं स्थानको टोटेनहमले ३६ खेलमा ५५ अंक जोडेको छ । लेष्टरलाई पराजित गरे टोटेनहम छैटौं स्थानमा उक्लनेछ ।
यता, लेष्टर टोटेनहमलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ । चौंथो स्थानको लेष्टर ६२ अंक जोडेको छ ।
टोटेनहमलाई पराजित गरेमा लेष्टर चेल्सीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा बर्नेमाउथले साउथह्याम्पटनसँग खेल्नेछ ।