च्याम्पियन रियलको लक्ष्य सुखद अन्त्य

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको सिजन आज (आइतबार) बाट समाप्त हुँदैछ ।
ला लिगाको अन्तिम दिन आइतबार विभिन्न १० खेलहरु हुँदैछ । जसमा च्याम्पियन रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड, सेभिया लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
सिजनको अन्तिम खेलमा रियलले लेगानेससँग खेल्नेछ । लेगानेसको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।
एक खेल अगाबै च्याम्पियन बनिसकेको रियलका यस खेल खासै महत्वपूर्ण छैन । लेगानेसविरुद्ध जित निकाल्दै सिजनको सुखद अन्त्य गर्ने चाहन्छ ।
रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । रियल दोस्रो स्थानको बार्सिलोना भन्दा ७ अंकले अघि रहेको छ ।
३५ अंक जोडेको लेगानेस रेलिगेसन क्षेत्रमा रहेको छ ।
बार्सिलोनाले डिपोर्टिभो अल्भेससँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ८:४५ बजे सुरु हुनेछ ।
बार्सिलोना पनि अल्भेसलाई हराएर सिजनको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै तेस्रो स्थानको एट्लेटिको मड्रिडले घरेलु मैदानमा रियल सोसिडाडसँग खेल्नेछ ।
चौंथो स्थानको सेभियाले भ्यालेन्सियासँग सिजनको अन्तिम खेल खेल्नेछ ।
ला लिगा अन्तर्गत नै अन्य खेलमा भिल्ला रियलले इबर, रियल भायाडोलिटले रियल बेटिस, स्पेनियोलले सेल्टा भिगोसँग खेल्नेछ ।
त्यस्तै एथ्लेटिक बिल्बाओले ग्रानडा, लेभान्टेले गेटाफे र ओसासुनाले मालोर्कासँग खेल्नेछ ।