फाइनल प्रवेशका लागि चेल्सी र युनाइटेड भिड्दै

एजेन्सी । एफए कप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (आइतबार) हुँदैछ ।
एफए कपको दोस्रो सेमिफाइनलमा दुई ठुला क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
चेल्सी र युनाइटेडबीचको खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।
वेम्बली स्टेडियममा दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
चेल्सी र युनाइटेडबीचको विजेताले उपाधिका लागि आर्सनलसँग खेल्नेछ ।
पहिलो सेमिफाइनलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २-० ले हराएर उपाधि नजिक पुगिसकेको छ ।
पछिल्लो समय चेल्सी र युनाइटेडले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जसको कारण दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
चेल्सीविरुद्ध युनाइटेडका डिफेन्डर लुक श खेल्ने छैनन् । लेफ्ट ब्याक शले एन्कलको चोट बोकेका छन् ।
यस्तै चेल्सीका मिडफिल्डर एन'गालो कान्टेले युनाइटेडसँगको खेल गुमाउने छन् ।
चेल्सीले क्वाटरफाइनलमा लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।