एजेन्सी । सिरि ए फुटबलमा एसी मिलानले फराकिलो जित निकालेको छ ।
शनिबार राति घरेलु मैदानमा एसी मिलानले बोलोग्नालाई ५–१ गोल अन्तरले हराएको हो ।
जितसंगै मिलान क्लबले युरोपा लिगको सम्भावनालाई जिवितै राखेको छ ।
एलेक्सिस सेलेमेकर्स र हकन काल्होग्लुले गोल गर्दै मिलान क्लबलाई पहिलो हाफमै बलियोस्थितमा पुर्याएका थिए । ताहिरो तोमियासुले पाहुना टोलीका लागि एक गोल फर्काएका थिए ।
दोस्रो हाफमा इस्माईल बेनेसा, आन्टी रिबिक र डेबिड केलब्रियाले गोल गर्दै मिलानलाई फराकिलो जित दिलाए ।
जितले मिलान क्लबललाई सातौ स्थानको नापोलीसंग स्पष्ट ३ अंकको अग्रता दिइको छ ।
मिलान क्लब ५६ अंक सहित तालिकाको छैटौ स्थानमा छ । बोलोग्ना ४३ अंक सहित दशौं स्थानमा छ ।