एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले नर्विच सिटीलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सिमित नर्विचलाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो । खेलको ३५ औं मिनेट इमिलियानो बुन्डियाले रातो कार्ड पाउँदा घरेलु टोलि १० खेलाडीमा समेटिएको थियो ।
४५ औं मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटियो ।

जसको फाइदा बर्नलीले उठायो । र, पहिलो हाफको इन्जुरी समयमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २-० ले विजयी भयो ।
जितसँगै ५४ अंक जोडेको बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ ।
रेलिगेसनमा परिसकेको नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ ।