एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा एटलान्टा बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा एटलान्टा भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
भेरोनाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा एटलान्टाले अंक बाड्नु परेको हो ।
खेलको ५० औं मिनेटमा डुभान जापटाले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५९ औं मिनेटमा माटियो पेसिनाले गोल गर्दै भेरोनालाई हारबाट जोगाए ।
भेरोनासँग बराबरीमा रोकिएसँगै एटलान्टाले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
तेस्रो स्थानको एटलान्टाको ७१ अंक रहेको छ । दोस्रो स्थानको इन्टर मिलानको ७१ अंक नै रहेको छ ।
७७ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा रहेको छ ।
भेरोना ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।