एजेन्सी । लिड्स युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ ।
च्याम्पियनसिप क्लब लिड्स १६ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको हो ।
च्याम्पियनसिप अन्तर्गत शुक्रबार राति हडर्सफिल्ड टाउनले दोस्रो स्थानको वेस्ट ब्रुमलाई २-१ ले हराएपछि लिड्सको बढुवा पक्का भएको हो ।
लिड्स सन् २००४ मा रेलिगेसनमा परेको थियो ।
यस सिजन लिड्स च्याम्पियनसिपको शीर्ष स्थानमा रहेको छ । लिड्स उपाधि नजिक रहेको छ ।
लिड्सले ८७ अंक जोडेको छ । दोस्रो स्थानको वेस्ट ब्रुमको ८२ अंक रहेको छ ।
वेस्ट ब्रुमको समेत प्रिमियर लिगमा बढुवा हुने सम्भावना बलियो रहेको छ ।