एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्ल्यान्डका युवा मिडफिल्डर जुड बेलिङहमलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
डर्टमण्डले च्याम्पियनसिप क्लब बर्मिघम सिटीबाट युवा मिडफिल्डर बेलिङहमलाई अनुबन्ध गर्ने पक्का भएको हो ।
डर्टमण्डसँग सम्झौता गर्नका लागि मिडफिल्डर बेलिङहम बिहीबार जर्मन आएका छन् ।
डर्टमण्डले मेडिकल पछि आगामी साता १७ वर्षे बेलिङहमलाई सार्वजनिक गर्ने जनाएको छ ।
इंग्ल्यान्डका क्लबले इच्छा देखाएपनि बेलिङहमले जर्मन क्लब रोजेका हुन् ।
उनलाई अनुबन्ध गर्न म्यानचेस्टर युनाइटेडले समेत चासो देखाएको थियो ।
उनी इंग्ल्यान्ड यू-१७ टोलीका कप्तान समेत हुन् ।