एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड अर्लिङ हालाण्ड सन् २०२९/२० को सिजन सर्वाधिक चर्चामा रहेका खेलाडी हुन् ।
अष्ट्रियन क्लब साल्जबर्गबाट डर्टमण्ड आएपछि १९ वर्षीय फरवार्ड थप चर्चामा रहे ।
डर्टमण्ड आएपछि नर्वेजियन फरवार्ड हालाण्डले बाहिरी चर्चा जस्तै मैदानमा समेत उत्कृष्ट प्रदर्शन गरे ।
डर्टमण्ड आएकै सिजन क्लबका लागि उनले ४४ गोल गर्न सफल भए ।
बुन्डेसलिगामा डर्टमण्ड दोस्रो स्थानमा रह्यो ।

तर, यतिबेला हालाण्ड छुट्टि मनाउन नर्वे पुगेका छन् ।
बुन्डेसलिगा सकिएपछि छुट्टिका लागि उनी आफ्नो घर फर्किएका हुन् ।
नर्वे फर्किएपनि उनी चर्चाको शिखरमै छन् ।
गत साता बाउन्सरले नाइट क्लबबाट निकालेको भिडियो सार्वजनिक भएपछि चर्चामा आएका उनी अहिले आलुखेतीको तस्बिरले चर्चामा छन् ।
हालाण्डले सामाजिक संजालबाट आलुखेतीमा पुरानो ट्याक्टर चलाउँदै गरेको फोटो सार्वजनिक गरेका छन् । जुन फोटो अहिले भाइरल बनेको छ ।
उनले उक्त फोटो सार्वजनिक गर्दै 'डुइङ माई बेस्ट' भनेर क्याप्सन लेखेका छन् ।