एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शुक्रबार) एक खेल हुँदैछ ।
शुक्रबार हुने एक मात्र खेलमा वेस्ट ह्याम युनाइटेड र वाट्फोर्डबीच प्रतिस्पर्धा हुनेछ ।
वेस्ट ह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।
लण्डन स्टेडियममा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
रेलिगेसन क्षेत्र नजिकै रहेका दुवै टिम जितसहित रेलिगेसनबाट बच्न चाहन्छ ।
लिगको दुई बाँकी रहदा वेस्ट ह्याम ३४ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
यस्तै वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।