एजेन्सी । इंग्लिस क्लब आर्सनलका युवा फरवार्ड गाब्रियल मार्टिनेली सन् २०२० को अन्त्यसम्म मैदान बाहिर रहने भएका छन् ।
घुँडाको चोटको कारण १९ वर्षे फरवार्ड लामो समय मैदान बाहिर रहने भएका हुन् ।
ब्राजिलियन फरवार्ड मार्टिनेलीले गत जुन २१ मा अभ्यासको दौरान देब्रे घुँडाको चोट बोकेका थिए ।
आर्सनलले उनको चोटको शल्यक्रिया गरिएको र उनी २०२० को अन्त्यसम्ममा मैदान फर्कने बताएको छ ।
'उनी हाम्रो ट्रेनिङ सेन्टरमा विशेषज्ञ टिम र मेडिकल टिमसँग रहेका छन् । उनले २०२० को अन्त्यसम्म पूर्ण रुपमा ट्रेनिङ फर्कने लक्ष्य लिएका छन्,' आर्सनलले भनेको छ ।
मार्टिनेलीले नयाँ सिजनको करिब आधा सिजनको खेल समेत गुमाउने छन् ।
गत सिजन आर्सनल आएका मार्टिनेलीले सबै प्रतियोगिता गरी २६ खेलमा १० गोल गरेका छन् ।