फराकिलो जितसँगै इन्टर शीर्ष दुईमा
२०२० जुलाई १७, शुक्रबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार राति भएको खेलमा एसपीएललाई ४-० गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष दुईमा उक्लिएको हो ।
एसपीएलको मैदानमा खेलको ३७ औं मिनेटमा एन्टोनियो कान्ड्रेभाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाए ।
खेलको ५५ औं मिनेटमा क्रिस्टियानो बिराघीले गोल गर्दै इन्टरलाई २-० को अग्रता दिलाए । ६० औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा रोबर्टो गाग्लियारदिनीले गोल गर्दै इन्टरलाई ४-० को जित दिलाए ।
जितसँगै इन्टरले ३३ खेलमा ७१ अंक जोडेको छ । र, एटलान्टालाई १ अंकले पछि पार्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो ।
१९ अंक जोडेको एसपीएल पुछारमा रहेको छ ।