एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले गेटाफेलाई हराएको छ ।
बिहिबार राति एट्लेटिकोले घरेलु टोली गेटाफेमाथि २–० को जित निकालेको हो ।
पछिल्लो जितले एट्लेटिकोले तेस्रो स्थानमा रहदै लिग सक्ने सम्भावना प्रवल बनाएको छ ।
५४ औं मिनेटमा मार्कोस लोरेन्टले एट्लेटिकोलाई अग्ता दिलाएका थिए । ८० औ. मिनेटमा थोमसले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित गरेका थिए ।
खेलको अन्तिम मिनेटमा एलन न्योम रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोली गेटाफे १० खेलाडीमा सिमित बनेको थियो ।
एट्लेटिको ६९ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ । गेटाफे ५४ अंक सहित सातौं स्थानमा छ ।