एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।
शीर्ष चारको दाबेदार क्लब युनाइटेडले बिहीबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
क्रिस्टलको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राष्फोर्ड र एन्थोनी मार्सियलले एक एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
खेलको ५५ औं मिनेटमा क्रिस्टलका जोर्डन एयुले गोल गरेका थिए । तर, भीएआरको सहायताबाट उनको गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।
जितसँगै युनाइटेडले लिगको शीर्ष चारमा रहदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । पाँचौ स्थानको युनाइटेडले ३६ खेलमा ६२ अंक जोडेको छ ।
पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।