• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
राखेप सदस्य सचिवका तीन 'हेभिवेट'
खेलपाटी संवाददाता
बिहीबार, साउन १, २०७७ खेलपाटी संवाददाता
राखेप सदस्य सचिवका तीन 'हेभिवेट'

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि २७ जनाले आवेदन दिएका छन् ।

पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट हुन लागेको नियुक्ति प्रक्रियामा सबैको नजर छ । यसअघि सत्तारुढ दलका विश्वासपात्र मात्र राखेप सदस्य सचिवमा नियुक्त हुन्थे । तर नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आईसकेपछि खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।

यसअघि, खेलकुद मन्त्रीले सिधै सदस्य सचिव नियुक्त गर्न सक्थे । तर नयाँ ऐनले मन्त्रीपरिषद्ले मात्र सदस्य सचिव नियुक्ति गर्न पाउने ब्यवस्था गरेको छ ।

नयाँ ऐनले राखेपका धेरै अधिकार कटौती गर्दै मन्त्रालयमा सारेको छ । तर खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव बन्न धेरैले ईच्छा देखाएका छन् । २७ जनाले खुल्ला प्रतिस्पर्धाबाट दिएको निवेदन त्यसैको उदाहरण हो ।

नयाँ ऐनले सदस्य सचिव नियुक्तिको स्पष्ट ब्यवस्था गरेको छ । मन्त्रालयले सचिवको नेतृत्वमा एक महिला सहित दुई बिज्ञ राखेर सिफारिस समिति बनाउछ । एक साता अघि मन्त्रालयले सचिव रामप्रसाद थपलियाको नेतृत्वमा खेलकुद बिज्ञको रुपमा ईन्दिरा निरौला र रिम रानाभाटको सिफारिस समित गठन गरेको थियो ।

समितिको पहिलो बैठकले नियुक्ति प्रक्रियाको कार्यविधि बनाउँदै ७ दिने खुल्ला दर्खास्त आह्वान गर्यो । अन्तिम दिन बिहिबार साँझ ५ बजेसम्म २७ जनाले सदस्य सचिवको खुल्ला प्रतिस्पर्धाका लागि आवेदन दिएका छन् ।

समितिले उम्मेदवारको कार्य योजना सहित दर्खास्त आह्वान गरेको थियो । निवेदकले प्रस्तुत गरेका कार्य योजनाको अध्ययन गरेर सिफारिस समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ । समितिले सिफारिस गरेको नामलाई खेलकुद मन्त्रालयले मन्त्रीपरिषद्मा लैजानेछ । खेलकुद मन्त्रीले प्रस्ताव गरेको तीन जनाको नाम मध्य एक जनालाई मन्त्रीपरिषद्ले सदस्य सचिवमा नियुक्त गर्नेछ ।

नयाँ ऐन कार्यान्वयनमा आईसकेपछि राखेपको पहिलो सदस्य सचिव को बन्लान् ?

निवेदन दिएका २७ जनामा अधिकांश खेलकुद पृष्ठभूमीका छन् । राजनीतिक नेतृत्वलाई सहज हुने गरि सदस्य सचिव नियुक्तिको ब्यवस्था ऐनमा गरेकाे देखिन्छ । अर्थात राजनीतिक पहुँच भएका ब्यक्तिलेनै नयाँ सदस्य सचिवको बागडोर सम्हाल्ने देखिन्छ ।

दर्खास्त दिएका २७ जनाको खेलकुद र राजनीतिक पृष्ठभूमीका आधारमा तीन जनालाई भावि सदस्य सचिवको रुपमा हेरिएको छ ।

रमेश सिलवाल :

सदस्य सचिव सिलवालको सय दिने ...

निवर्तमान सदस्य सचिव हुन्, रमेश सिलवाल । करिब एक बर्ष अघि सदस्य सचिवको रुपमा उनी राखेप आएका थिए । नयाँ ऐन कार्यान्वयनमा आएसंगै उनले पद गुमाए । तरपनि उनी सदस्य सचिवको रुपमा गत साताभरीनै चर्चामा रहे । खेलकुद क्षेत्रका धेरै शक्ति केन्द्रले सिलवालको निवेदनलाई पर्खिएर बसे । उनै सिलवालले बुधबार सदस्य सचिव पदमा दर्खास्त दिएका छन् ।

देशमा नेकपाको सरकार छ, सरकारको कमाण्ड केपी ओलीले गरिरहेका छन् । सिलवाल, उनै ओलीका विश्वासपात्र र किचेन क्याबिनेटका हर्ताकर्ता मानिन्छन् । सागको सफल आयोजना गरेर ओलीको विश्वास जितेका सिलवालले पुन एक पटक सदस्य सचिवमा रहर गरेका छन् ।

बालुवाटारकै सल्लाह र निर्देशनमा सिलवालले निवेदन हालेको उनी निकट स्रोतले खेलपाटीलाई बताएको छ । अस्थिर बन्न लागेको नेकपाको आन्तरिक राजनीतिमा केपी ओली प्रधानमन्त्रीमा यथावत रहे निसन्देह सिलवाल सदस्य सचिव बन्ने धेरैको आँकलन छ ।

लिल बहादुर थापा मगर :

सदस्य सचिवमा दर्खास्त दिने २७ जना मध्य राजनीतिक रुपमा सबै भन्दा ह्याभिवेट व्यक्ति हुन्, लिलबहादुर थापा मगर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)का केन्द्रिय सदस्य रहेका थापा तत्कालिन माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् । बाग्लुङ स्थायी घर भएका उनी पाटी राजनीतिमा नारायणकाजी श्रेष्ठको निकट छन् ।

श्रेष्ठ नेकपाका प्रभावशाली नेता र केन्द्रिय सचिवालय सदस्य हुन् । श्रेष्ठको जोडबलमा मगरले सदस्य सचिवमा बाजी मारे खासै आश्चार्य नहुने उनी निकट नेताहरु बताउँछन् । नेकपाका आन्तरिक राजनीतिमा देखिन थालेको परिवर्तन सरकार फेरबदलसम्म पुगेको खण्डमा मगरनै सदस्य सचिवका मुख्य दाबेदार रहनेछन् ।

मेघराज पौडेल :

Image may contain: 1 person

खेलकुद राजनीतिमा चिनिएको नाम हो, मेघराज पौडेल । तत्कालिन एमालेको खेलकुद महासंघका नेता पौडेल पर्वतारोहण खेलकुद महासंघसंगै नेपाल स्पोर्टस क्लाईम्बिङ संघका महासचिव हुन् ।

राजनीतिक नियुक्तिमा प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको हालिमुहाली रहेको वर्तमान परिदृष्यमा पौडेललाई समेत सम्भावित सदस्य सचिवको रुपमा हेरिएको छ ।

नेकपाको खेलकुद राजनीतिलाई अघि बढिरहेका पौडेलले नेकपा नेताहरुसंगको परामर्शमै सदस्य सचिवमा उम्मेदवारी दिएका हुन् । सदस्य सचिवमा दर्खास्त हालेसंगै राजनीतिक लबिङलाई तिव्र पारेका पौडेल सदस्य सचिवका हेभिवेट उम्मेदवार मानिएका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP