एजेन्सी । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले २० वर्षे फरवार्ड निकोलस कुह्नसँग तीन वर्षे सम्झौता गरेको छ ।
लोनमा खेलिरहेका जर्मन फरवार्डलाई बायर्नले मंगलबार स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
सम्झौतासँगै निकोलस सन् २०२३ सम्म बायर्नमा रहने छन् ।
उनी ६ महिनाका लागि लोनमा आयाक्सबाट बायर्न आएका थिए । बायर्नमा प्रभावकारी प्रदर्शन गरेपछि क्लबले उनलाई अनुबन्ध गरेको हो ।
जर्मनीको यू-२० टोलीका सदस्य निकोलसले बायर्नका लागि १४ खेलमा २ गोल गरेका छन् ।