एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (मंगलबार) एक खेल हुँदैछ ।
मंगलबार हुने एक मात्र खेलमा चेल्सीले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्ने छन् ।
चेल्सीले घरेलु मैदानमा नर्विचसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
रेलिगेसनमा परिसकेको नर्विचविरुद्ध मैदान उत्रदा चेल्सी सहज जितको खोजीमा हुनेछ ।
घरेलु मैदानमा जित निकाल्दै चेल्सीले शीर्ष तीन बलियो बनाउन चाहन्छ ।
चेल्सी ३५ खेलमा ६० अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । चेल्सी चौंथो स्थानको लेष्टर सिटी र पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १ अंकले अघि रहेको छ ।
त्यसैले चेल्सीका लागि यस खेल महत्वपूर्ण समेत रहेको छ । घरेलु मैदानमा जित निकालेमा चेल्सीको शीर्ष चार बलियो हुनेछ ।
नर्विचविरुद्ध चेल्सीका मिडफिल्डर एन'गालो कान्टे मैदान बाहिर हुनेछन् । उनी ह्यामिस्ट्रीङ चोटको कारण नर्विचविरुद्ध खेल्ने छैनन् ।
नर्विच २१ अंक जोडेर पुछारमा रहेको छ । तर, चेल्सीविरुद्ध नर्विच पनि जित निकाल्ने लक्ष्यमा हुनेछ ।