एजेन्सी । यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबल अन्त्यतिर आईपुगेको छ ।
कोरोना भाईरसको कारण करिब तीन महिना अवरुद्ध प्रिमियर लिगमा तीन चरणको खेलहरु बाँकी रहेको छ ।
यस सिजनको उपाधि लिभरपुलले जितिसकेको छ । तर, सिजनको सर्वाधिक गोलकर्ताको दौडमा भने धेरै खेलाडी रहेका छन् ।
सिजनको सर्वाधिक गोलकर्ताले गोल्डेन बुट जित्ने छन् ।
गोल्डेन बुटको दौडमा पाँच खेलाडी रहेका छन् । जसको शीर्ष स्थानमा लेष्टर सिटीका जेमी भार्डी रहेका छन् ।
भार्डीले यस सिजन २३ गोल गरिसकेका छन् । त्यसैले उनलाई सर्वाधिक बलियो दाबेदार मानिएको छ ।
यस्तै दोस्रो नम्बरमा आर्सनलका पेरिक एम्रिक आबुमियाङ रहेका छन् । उनले लिगमा २० गोल गरिसकेका छन् ।
गोल्डेन बुटका दाबेदारमा लिभरपुलका मोहमद सलाह पनि एक हुन् । उनले १९ गोल गरेका छन् ।
यस्तै साउथह्याम्पटनका डानी इन्ग्स १९ गोल गर्दै गोल्डेन बुटको दाबीमा आफुलाई उभ्याएका छन् ।
त्यस्तै म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङलाई पनि उपाधिको दाबेदार मानिएको छ । उनले १७ गोल गरेका छन् ।
गत सिजन भने तीन खेलाडीले उपाधि बाडेका थिए । गत सिजन मोहमद सलाह, साडियो माने र पेरिक एम्रिक आबुमियाङले उपाधि बाँडेका थिए ।