एजेन्सी । प्रिमियर लिग फुटबलमा रेलिगेशन जोनबाट संघर्षरत बाेर्नमाउथसंग लेस्टर सिटीले अप्रत्यासित हार ब्यहोरेको छ ।
शीर्ष चारमा रहदै च्याम्पियन्स लिग छनोटको नजिक रहेको लेस्टर सिटीमाथि बाेर्नमाउथले ४–१ को जित निकाल्न सफल भएको हो ।
पछिल्लो हारसंगै च्याम्पियन्स लिग छनोटको दौडमा रहेको लेस्टरको सम्भावना कमजोर बनेको छ भने रेलिगेशनबाट बच्न संघर्षरत बाेर्नमाउथले शीर्ष डिभिजनमै टिक्न सक्ने गणितिय सम्भावना जिवितै राखेको छ ।

पाहुना टोली लेस्टरले जेमी भार्डीको गोलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा लगातार चार गोल गर्दै घरेलु टोली बाेर्नमाउथले पुनरागमन जित आत्मसाथ गर्यो ।
डोमिनिक सोलन्कीले दुई गोल गरेको खेलमा जुनियर स्टालिस्लासले एक गोल गरे । बाेर्नमाउथले जोनी इभान्सको एक गोल आत्मघाति रुपमा उपहार पाएको थियो ।

हारसंगै चौथो स्थानको लेस्टरको ५९ अंक छ । एक खेल कम खेलेको पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेड मात्र एक अंकले लेस्टर भन्दा पछि छ ।
पुछादेखि तेस्रो स्थानमा रहेको बाेर्नमाउथले ३१ अंक जोडेको छ । रेलिगेशन जोन भन्दा माथि रहेको वाटफोर्डले बाेर्नमाउथसंग मात्र तीन अंकको अग्रता लिएको छ ।