एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा उपाधि दाबेदार लाजियो पराजित भएको छ ।
शनिबार भएको खेलमा लाजियो सासुलोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लाजियो पराजित भएको हो ।
खेलको ३३ औं मिनेटमा लुइस अल्बर्टोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।
तर, ५२ औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै सासुलोलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्सेसको कापुटोले गोल गर्दै सासुलोलाई २-१ को जित दिलाए ।
घरेलु मैदानमा लाजियो पराजित भएसँगै लिग लिडर युभेन्ट्सलाई फाइदा पुगेको छ ।
दोस्रो स्थानको लाजियो युभेन्ट्सभन्दा ७ अंकले पछि रहेको छ ।
सासुलो ४६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।