एजेन्सी । चेल्सी प्रशिक्षक फ्रान्क लाम्पार्डले मिडफिल्डर जोर्गिन्होको प्रशंसा गरेका छन् ।
लण्डन क्लब चेल्सीका प्रशिक्षक लाम्पार्डले जोर्गिन्होले यस सिजन राम्रो प्रभाव छाडेको बताए ।
चेल्सी तालिकाको शीर्ष चारमा रहन जोर्गिन्होले मुख्य भूमिका खेलेको लाम्पार्डको भनाई छ ।
ईटालियन मिडफिल्डर पछिल्लो समय सिरि ए क्लब युभेन्ट्ससंग जोडिएका छन् । तर लाम्पार्डले डिफेन्सिभ मिडफिल्डर लण्डन क्लबमै रहने आशा ब्यक्त गर्छन् ।

प्रिमियर लिगको अबरुद्ध सिजन पुन सूरु हुदै गर्दा जोर्गिन्हो मैदान फर्कन आतुर छन् । उनी लण्डन क्लबका पछिल्ला खेलमा देखिन पाएका छैनन् ।
बिली गिल्मर घुडाँको चोटका कारण चार महिना मैदान बाहिर रहने भएका छन् । एनगोलो कोन्टेलाई अझैपनि ह्यामस्ट्रिङको चिन्ताले सताईरहेको छ । सोही कारण जोर्गिन्हो चाँडै मैदान देखिन सक्ने बताईएको छ ।
‘खेल्न नपाउँदा व्यवसायीक रुपमा बेखुस हुनुपर्ने कारण छैन । तर यसलाई राम्रोसंग पेश गर्न आवश्यक छ । उनीले राम्रोसंग बुझेका छन् ।’ लाम्पार्डले भनेका छन् ।
‘मेरो काम भनेको हरेक ब्यक्तिगत भिन्नतालाई बुझ्नु हो । र त्यसलाई ब्यक्तिगत सम्बन्धको रुपमा समाधान गर्न खोज्नु हो ।’ उनले भने ।

‘मलाई लाग्छ, एक समयमा हामी अडिएका छौ । उनले यस सिजन धेरै प्रभाव छाडेका छन् ।’ लाम्पार्डले भने, ‘कुनै समय उनी होल्डिङ मिडफिल्डरको रुपमा खेल्छन् । जुन एनगोलो कोन्टेले खेल्छन्, बिली गिल्मरले गर्छन् । जोर्गिन्होले यस सिजन धेरै गरेका छन् ।’
‘म खेलमा फिट हुने अवस्थामा छनोट गर्छु । यदी हामी राम्रो खेल्छौ भने म पुन त्यही गर्छु ।’ लाम्पार्डले भने ।
‘म प्रतिद्धन्दी हेर्छु । मलाई छनोट गर्न पर्छ । त्यो सजिलो विकल्प हैन ।’ उनले भने, ‘जोर्गिन्होलाई थाहा छ, म सधै कुरा गर्न तयार छु । मैले राम्रो सम्बन्ध पाएको छु, उनीसंग खुल्ला रुपमा संवाद गर्न सक्छु ।’