एजेन्सी । इंग्ल्यान्डका पूर्व डिफेन्डर ज्याक चार्ल्टनको निधन भएको छ ।
विश्वकप विजेता डिफेन्डरको ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।
लिड्सका लिजेण्ड डिफेन्डर समेत रहेका ज्याक इंग्ल्यान्डले सन् १९६६ को फिफा विश्वकप जित्दा टिममा सदस्य रहेका थिए ।
लिड्सले शनिबार लिजेण्ड डिफेन्डर ज्याकको निधन भएको पुस्टि गरेको छ ।

रिपब्लिक आयरल्याण्डका पूर्व प्रशिक्षक समेत रहेका उनी लामो समयबाट अस्वस्थ्य रहेका थिए ।
सन् १९५० मा १५ वर्षको उमेरमा ग्राउण्ड स्टाफको रुपमा लिड्स आएका उनले तीन वर्षपछि क्लबमा डेब्यु गरेका थिए ।
लिड्सका लागि ७ सय ७३ खेल खेलेका उनले ९६ गोल गरेका थिए ।
इंग्ल्यान्डका लागि उनले ३५ खेल खेलेका थिए ।
