एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (शनिबार) लिग लिडर युभेन्ट्सले एटलान्टासँग खेल्दैछ ।
युभेन्ट्सले घरेलु मैदानमा एटलान्टासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
घरेलु मैदानमा युभेन्ट्स सहज जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ ।
तर, बलियो टोलि एटलान्टाविरुद्ध युभेन्ट्सलाई जित निकाल्न कठिन भने हुनेछ ।
युभेन्ट्स यस सिजन दोस्रो स्थानको लाजियो भन्दा ७ अंकले अघि रहेको छ ।
युभेन्ट्सले ३१ खेलमा ५७ अंक जोडेको छ । लाजियोको ६८ अंक रहेको छ ।
तेस्रो स्थानको एटलान्टाको ६६ अंक रहेको छ ।
यस्तै लाजियोले शनिबार नै सासोउलोसँग खेल्नेछ ।
रोमाले ब्रेसियाको सामना गर्नेछ ।