एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) उपाधि दाबेदार बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले भालाडोलिडसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति ११:४५ बजे सुरु हुनेछ ।
तुलनात्मक कमजोर टिम भालाडोलिडविरुद्ध बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
किनकी उपाधि होड कायम राख्नलाई बार्सिलोनालाई जित अत्यावश्यक रहेको छ । भालाडोलिडसँग पराजित भएमा बार्सिलोनाको उपाधि होड कमजोर बन्नेछ ।
बार्सिलोना लिग लिडर रियल मड्रिड भन्दा ४ अंकले पछि रहेको छ । भालाडोलिडलाई हराएमा बार्सिलोनाले रियलसँगको अंक दुरी समेत १ मा झार्नेछ ।
बार्सिलोनाले ३५ खेलमा ७६ अंक जोडेको छ । रियलको ८० अंक रहेको छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै एट्लेटिको मड्रिडले रियल बेटिससँग खेल्नेछ । एट्लेटिको घरेलु मैदानमा जित निकाल्दै शीर्ष दुई टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
त्यस्तै अर्को खेलमा ओसासुना र सेल्टा भिगोबीच खेल हुनेछ ।