एजेन्सी । खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले म्यानचेस्टर सिटीमाथि लागेको प्रतिबन्ध बारेको सुनुवाई सोमबार गर्ने भएको छ ।
कासले सिटीमाथि युरोपियन फुटबलमा लागेको दुई वर्षे प्रतिबन्धको सुनुवाई जुलाई १३ मा गर्ने जनाएको छ ।
युरोपियन फुटबल महासंघले प्रिमियर लिग क्लब सिटीलाई गत फेब्रुवरीमा दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।
युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो ।
यस्तै प्रिमियर लिगको साविक विजेता सिटीलाई ३० मिलियन युरो समेत जरिवाना गरिएको थियो ।
प्रतिबन्ध लागेपछि सिटीले कासमा अपिल गरेको थियो ।