काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्व डिफेन्डर मनमाया लिम्बु र इन्दिरा राई नगदसहित सम्मानित भएका छन् ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) टिममा रहेका मनमाया र इन्दिरालाई मोरङको लेटाङ नगरपालिकाले सम्मान गरेको हो ।
दुवै खेलाडीलाई नगरपालिकाले जनही ५०/५० हजार र सम्मान पत्रले सम्मानित गरेको हो । दुवै खेलाडी लेटाङबासी हुन् ।
उनीहरुलाई नगर प्रमुख तथा पूर्व फुटबल खेलाडी शंकर राईले नगद र सम्मान पत्र प्रदान गरेका थिए ।
१३ औं सागमा महिला फुटबल टिमले रजत पदक जितेको थियो ।
साग लगत्तै मनमायाले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरेकी थिइन् । उनी एपीएफ क्लबबाट खेल्दै आएकी छिन् ।
यस्तै इन्दिरा घरेलु फुटबलमा आर्मीबाट खेल्ने गर्छिन ।