एजेन्सी । इंग्लिस क्लब चेल्सीले स्ट्राइकर टामी अब्राहमको सम्झौता थप गर्ने तयारी थालेको छ ।
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेपछि चेल्सीले इंग्लिस फरवार्डसँगको सम्झौता थप्ने तयारी गरेको हो ।
चेल्सीले २२ वर्षे फरवार्डसँगको सम्झौता एक वर्ष थप्न लागेको गोल डटकमले जनाएको छ ।
चेल्सीसँग अब्राहमको सम्झौता २०२२ सम्म रहेको छ । तर,उनलाई चेल्सीले २०२३ सम्म क्लबमै राख्न चाहेको हो ।
यस सिजन अब्राहमले चेल्सीका लागि सबैखाले प्रतियोगितामा १६ गोल गरिसकेका छन् ।
अब्राहमले सन् २०१७ मा चेल्सीसँग पाँच वर्षे सम्झौता गरेका थिए ।
गत सिजन उनले एस्टन भिल्लाबाट लोनमा खेलेका थिए ।