एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगको जुन महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले शुक्रबार फर्नान्डेसलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको हो ।
जुन महिनाको उत्कृष्ट खेलाडी बन्दै फर्नान्डेसले 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
यस अघि फर्नान्डेसले फेब्रुअरीको 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका थिए ।
फर्नान्डेस पूर्व स्ट्राइकर क्रिस्टियानो रोनाल्डोपछि लगातार दुई महिना 'प्लेयर अफ दि मन्थ' अवार्ड जित्ने युनाइटेडका पहिलो खेलाडी हुन् ।
प्रिमियर लिग सुचारुपछि ब्रुनोले ५ गोल गर्नुका साथै ३ असिस्ट गरिसकेका छन् ।